८५ वर्षीय जापानी सम्राट अकिहितोले राजगद्दी त्यागे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

८५ वर्षीय जापानी सम्राट अकिहितोले राजगद्दी त्यागे

japani king

बुधवार राजकुमार नारुहितोले जापानको राजगद्दी सम्हाल्ने

एजेन्सी, १७ बैशाख । जापानी सम्राट अकिहितोले राजगद्दी त्यागको घोषणा गर्नुभएको छ । ८५ वर्षीय राजा अकिहितोले मंगलवार उमेर र स्वास्थ्य समस्याका कारण आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्न कठिन रहेको भन्दै गद्दी त्यागको घोषणा गर्नुभएको हो ।

जापानी राजसंस्थाको दुई सय वर्षको इतिहासमा उहाँ राजगद्दी त्यागको घोषणा गर्ने पहिलो राजा हुनुभएको छ । उहाँले जापानी राजदरबारमा कुल देवताको विधिपूर्वक पूजा गरी गद्दी त्यागको घोषणा गर्नुभएको थियो ।

राजगद्दी त्याग्ने क्रममा अकिहितोले राजाका रुपमा आफ्नो अन्तिम संबोधन गर्नुभएको थियो । संबोधनका क्रममा उहाँले जापान तथा विश्वमा शान्ति र समृद्धि होओस् भन्ने कामना गर्नुभएको थियो ।

राजा अकिहितोले गद्दी त्याग गरेपछि उहाँका छोरा राजकुमार नारुहितोले बुधवार राज्याभिषेक गर्नुहुनेछ । जापानी राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ । तर पनि अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताउनुभएको थियो ।

सन् २०१६ देखि नै उहाँले यस्तो इच्छा व्यक्त गरे पनि कानुनी कारणले गद्दी त्याग्न पाउनुभएको थिएन । अकिहितोले गद्दी त्यागका लागि गरेको आग्रहको जापानी संसद्ले कानुनी बन्देज फुकाइदिएपछि उहाँको राजगद्धी त्याग गर्ने बाटो खुलेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);