माल्दिभ्सको विपक्षी दलले राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

माल्दिभ्सको विपक्षी दलले राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीमा

एजेन्सी,१६ माघ । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी एमडीपीले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । माल्दिभ्सका स्थानीय संचार माध्यमहरुका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाइसकेको छ ।

एमडीपीले महाअभियोगको प्रस्ताव दर्ता गगर्ने तयारीका लागि आपसी छलफल गरिरहेको बताइएको छ । हालै मालदिभ्सको संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउने नियमहरुलाई सहज बनाइएको छ । महाअभियोग प्रस्तावको पक्षमा एमडीपीसँगै डेमोक्रेट्स सांसदहरु पनि छन् । एमडीपीका ४३ र डेमोक्रेट्सका १३ गरी कूल ५६ सांसद छन् । संविधान अनुसार राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव पास गर्नका लागि ५६ भोट नै चाहिन्छ ।

संसदका सभामुख र उपसभामुख एमडीपीका हुन् मुइज्जु नेतृत्वको सरकारमा चार सदस्य थप्ने विषयमा विवाद हुँदा मालदिभ्सको संसदमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुबीच कुटाकुट भइसकेको छ । यो प्रकरणपछि राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग लगाउने चर्चा सुरु भएको हो । मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस –पीपीएम र पीएनसीको गठबन्धन सरकार छ ।

‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका राष्ट्रपति मोहम्मद मुइज्जु र भारतसँग निकट मालदिभ्सको विपक्षी दलबीचको तनाव निकै चुलिदै गएको छ । भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);