पेरिसस्थित प्रहरी हेडक्वार्टरमा चक्कु प्रहार हुँदा चार प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पेरिसस्थित प्रहरी हेडक्वार्टरमा चक्कु प्रहार हुँदा चार प्रहरीको मृत्यु

paris_attack

एजेन्सी, १७ असोज । फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी हेडक्वार्टरमा चक्कु प्रहारबाट चार प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार दिउँसो १ बजे आक्रमणकारी उक्त भवनमा छिरेर एक्कासी चक्कु प्रहार गर्दा चार प्रहरी अधिकारीको मृत्यु भएको हो ।

हत्या प्रश्चात प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको र उनको पनि घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटना पश्चात प्रहरीले उक्त क्षेत्र सिल गरेको छ । घटनास्थलमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, प्रधानमन्त्री इडोआर्ड फिलिप र आन्तरिक मन्त्री क्रिस्टोफ कास्टनर लगायतका उच्च पदस्थ व्यक्तिहरु गएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);