अमेरिकी संसद भवन क्षेत्रमा आक्रमण , एक प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

अमेरिकी संसद भवन क्षेत्रमा आक्रमण , एक प्रहरीको मृत्यु

एजेन्सी, २१ चैत । अमेरिकाको राजधानी वाशिङटनस्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ ।

संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किाएर गरिएको आक्रमणमा एक प्रहरीको ज्यान जानुका साथै अर्का एक जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

आक्रमणपछि चालकले प्रहर्री अधिकारीमाथि चक्कु प्रहार गरेको बताइएको छ । आक्रमण संलग्न गाडी चालकको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

अमेरिकी संसद भवनमा तीन महिना अघि जनवरी ६मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेकापछि सुरक्षा सतर्कता अपनाइएको बेला यो घटना भएको हो ।

यो आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अमेरिकी अधिकारीले बताएका छन् । आक्रमणमा ज्यान गुमाउने प्रहरी अधिकारीको नाम विलियम ‘बिली’ इभान्स रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ विगत १८ वर्षदेखि प्रहरीमा सेवारत इभान्स घटनामा सबैभन्दा पहिले खटिने क्रममा चुक्क आक्रमणमा परेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);