तेल ट्यांकरमा भएको आक्रमणमा इरान संलग्न रहेको इजरायलको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तेल ट्यांकरमा भएको आक्रमणमा इरान संलग्न रहेको इजरायलको आरोप

एजेन्सी । इजरायलले दुईजनाको ज्यान जाने गरी तेल ट्यांकरमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ । ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला एउटा ट्यांकरमा आक्रमण हुँदा एक बेलायती र एक रोमानियाली नागरिकको ज्यान गएको थियो ।

इजरायलका पानीजहाज उद्यमी एआल ओफरको कम्पनीले घटनाको कारण बारेमा छानबिन भइरहेको बताएका बेला इजरायलका विदेशमन्त्री याइर लापिडले विज्ञप्ति निकालेर इरानी आतंकवादले आक्रमण गरेको आरोप लगाएका जनाएको हो । विज्ञप्तिमा आक्रमणको कडा प्रत्युत्तर दिने भन्दै मुद्दालाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने उल्लेख छ ।

इरानले भने आफूमाथिका आरोपबारे प्रतिक्रिया जनाएको छैन । आक्रमण भएको क्षेत्रमा तनाव बढाउने विभिन्न घटना भइरहेका छन् । आक्रमणमा परेको जहाजलाई अमेरिकी जलसेनाको सुरक्षामा गन्तव्यतिर लगिँदैछ ।

अमेरिकी विदेश मन्त्रालयले ट्यांकरमा भएको आक्रमणको घटनाप्रति चिन्ता प्रकट गर्दै अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ । आक्रमणका घटनामा जहाजमा क्षति भएपनि मानिसको ज्यान जाने घटनालाई दुर्लभ मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);