इराकमा जारी सरकार बिरोधी प्रदर्शनमा मृत्यु हुनेको संख्या ६० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इराकमा जारी सरकार बिरोधी प्रदर्शनमा मृत्यु हुनेको संख्या ६० पुग्यो

iraq

एजेन्सी, १८ असोज । इराकमा आधारभूत सेवा र रोजगारीको अवसर कम भएको भन्दै सरकारबिरुद्ध गरिएको बिरोध प्रदर्शनका क्रमका मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

गत बुधवारदेखि शुरु भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि राजधानी बग्दाद लगायतका शहरमा कफ्र्यू आदेश गरिएको थियो । तर त्यसको पर्वाह नगरी प्रदर्शनकारी सडकमा उत्रिएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले मृत्यु हुनेको आंकडा दोब्बर हुन सक्ने जनाइएको छ । आन्दोलनकारीले सुरक्षाकर्मीमाथि जथाभावी आक्रमण बढेको अधिकारीहरुले दावी गरेका छन् ।

प्रधानमन्त्री आदेल अब्देल महदीले वार्ताबाटै समस्याको समाधान गर्न चाहेको बताएपनि आन्दोलन सकिएको छैन । प्रदर्शनकारीले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा गरिबी बढेको भन्दै सार्वजनिक सेवाको समेत विरोधसमेत गरेका छन् ।

आन्दोलनमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर मानवअधिकार हनन् गरेको अन्तराष्ट्रिय मानवअधिकारवादी संघ संस्थाहरुले आरोप लगाएका छन् । प्रहरीले रबरका गोली प्रहार गर्दा कयौं आन्दोलनकारी घाइते भएका बताइएको छ । मानव अधिकारवादी संस्थाले शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रसमेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);