ट्रम्पद्वारा बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ट्रम्पद्वारा बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणम

trump thanksgiving

एजेन्सी, १३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणण गरेका छन । अफगानिस्तान भ्रमणका क्रममा ट्रम्पले त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेटेका छन् ।

भ्रमणका क्रममा ट्रम्पले अमेरिका र तालिबान विद्रोहीबीच वार्ता भइरहेको जानकारी दिएका थिए । बाग्राम सैन्य अखडामा अमेरिकी सेनालाई सम्बोधन गर्दै ट्रम्पले तालिबान लडाकुले वार्तामार्फत् सहमति जुटाउन चाहेका पनि बताएका थिए ।

आफ्नो पहिलो अफगानिस्तान भ्रमणका अवसरमा उनले अफगान राष्ट्रपति असरफ गानीसँग पनि भेटघाट गरेका जनाएको छ । शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिबानबीच भएको बन्दी आदानप्रदानपछि ट्रम्पले थ्याङसगिभिङ भनिने अमेरिकी पर्वको अवसरमा अचानक अफगानिस्तान भ्रमण गरेका हुन् ।

त्यस क्रममा ट्रम्पले अमेरिकाले अफगानिस्तानमा रहेका आफना सैनिकको सख्यालाई उल्लेखनीय रूपमा घटाउन लागेको बताएका जनाइएको छ अफगानिस्तानमा झन्डै १३ हजार अमेरिकी सैनिकहरू परिचालित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);