जापान पुगेर ट्रम्पले भने 'कोरियाली नागरिक महान्' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

एजेन्सी, १९ कार्तिक। एसिया भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जापान पुगेका छन्। टोकियो नजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै ट्रम्पले दुई मुलुकबीचको गठबन्धनको प्रशंसा योग्य रहेको बताएका छन्।

उनले आफू राष्ट्रपति रहुञ्जेल शान्ति कायम राख्न र स्वतन्त्रताको रक्षा गर्नका निम्ति सेनाले आवश्यक स्रोतसाधन उपलब्ध गराइरहेने प्रतिबद्वता समेत व्यक्त गरेका छन्।

उत्तर कोरिया प्र्रति कटाक्ष गर्दै ट्रम्पले आफ्नो स्वतन्त्रताको रक्षा गर्ने विषयमा अमेरिका कहिल्यै कमजोर नहुने भएकोले कुनै पनि मुलुक वा तानाशाहले वाशिङटनको संकल्पलाई बेवास्ता गर्न नसक्ने जिकिर गरे। त्यस्तै सोहि प्रसंगमा उनले कोरियाका नागरिकहरुको प्रशंसा गर्दै उनीहरु मेहनती र महान् रहेको बताए।
जापानका मिडिया एजेन्सीहरुसँग बोल्दै रसियाका राष्ट्रपतिसँग पनि भेट हुनसक्ने बताएका छन्। जापानपछि ट्रम्पले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन्। गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हुनेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);