प्रिमियर लिग : सिटीद्वारा टोटेनह्याम ३–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

प्रिमियर लिग : सिटीद्वारा टोटेनह्याम ३–१ ले पराजित

city

एजेन्सी , २ बैशाख । इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधिको नजिक पुगेको छ । म्यानचेस्टर सिटी गएराति भएको खेलमा चौंथो स्थानको टोटेनह्यामलाई ३–१ ले पराजित गरी उपाधिको नजिक पुगेको हो ।

म्यानचेस्टर सिटीलाई उपाधि रक्षा गर्न अब एक खेल जिते पुग्छ । उसको ३३ खेलबाट ८७ अंक छ भने एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७१ अंक छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउने क्रममा जिसस, गुन्डोगान र स्टर्लिङले एक एक गोल गरे । टोटेनह्यामका लागि इरिक्सनले सान्त्वना गोल फर्काए ।

गएराति नै भएका अन्य खेलमा तेस्रो स्थानको लिभरपुलले बर्नमाउथलाई ३–०, चेल्सीले साउथह्यामटनलाई ३–२ र बन्र्लेले लेस्टर सिटीलाई २–१ ले पराजित गरेका छन् । यस्तै, ब्राइटनमाथि क्रिस्टल प्यालेसले ३–२ र वाटफोर्डमाथि हडर्सफिल्डले १–० को जित दर्ता गरेका छन् भने एभर्टन र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

ताजा समाचार