सन्दिप पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सन्दिप पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा

sandeep

काठमाडौं, २१ पुष । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले सार्वजनिक गरेको ड्राफ्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ ।

पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ । सन्दिप यसपटक सबैभन्दा माथिल्लो प्लेटेनीयम बर्गमा परेका छन । यो बर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, क्रिस लिन, लगायतका खेलाडी रहेका छन । सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीयम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् ।

पाकिस्तान सुपर लिगमा केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ टोली छन् । प्लेटेनीयम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी डलर देखी २ लाख १८ हजार अमेरीकी डलर सम्म खरिद गर्न सक्ने छन् ।

सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);