क्यारेवियन प्रिमियर लिगमा सन्दिप लामिछाने बार्बाडोस ट्रिडेन्टबाट खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

क्यारेवियन प्रिमियर लिगमा सन्दिप लामिछाने बार्बाडोस ट्रिडेन्टबाट खेल्ने

cpl sandeep lamichhane

काठमाडौं, ९ जेठ । क्यारेवियन प्रिमियर लिगमा नेपाली बलर सन्दिप लामिछाने बार्बाडोस ट्रिडेन्टबाट खेल्ने भएका छन् । अघिल्लो संस्करणमा सेन्ट किट्स एण्ड नेभी प्याट्रियोट्सबाट खेलेका सन्दिपलाई यस पटक बार्बाडोसले किन्यो ।

उनी ७० हजार अमेरिकी डलरमा सोल्ड भएका हुन् । यसअघिको संस्करणमा सन्दिप लामिछानेले पाँच खेलमा सात विकेट लिएका थिए । उनले १७ ओभर बलिङ गर्दै १०६ रन दिएका थिए । अक्सनमा तीब्र गतिका नेपाली बलर सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी पनि प्रारम्भिक ड्राफ्टमा परेका थिए ।

अन्य तीन खेलाडी भने ड्रफ्टमा पर्न सकेनन् । ड्राफ्टमा २१ देशका ५३६ खेलाडी छन् । उनीहरुबाट ६ टिमले खेलाडी छनोट गरेका थिए । जसमा १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);