एसीसी इमर्जिङ एशियाकप क्रिकेट प्रतियोगिता नेपालले भाग नलिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

एसीसी इमर्जिङ एशियाकप क्रिकेट प्रतियोगिता नेपालले भाग नलिने

काठमाडौं, ९ जेठ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता बंगलादेशमा आयोजना हुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले बिहिबार इमर्जिङ एसिया कप आयोजना गर्ने जनाएको हो ।

आठ राष्ट्रको सहभागिता रहने एसीसी इमर्जिङ एसिया कप नोभेम्बर १२ बाट ढाकामा सुरु हुनेछ । तर, यस संस्करणमा नेपालको सहभागिता नहुने भएको छ । गत वर्ष भएको एसीसी एसिया कप छनोटको शीर्ष तीनमा पर्न नसकेपछि नेपालको सहभागिता नहुने भएको हो ।

उक्त छनोटको शीर्ष तीनमा पर्न सफल हङकङ, युएई र ओमानले एसीसी इमर्जिङ एसिया कप खेल्ने छन् । ५० ओभरको हुने प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको यू-२३ टिम तथा अफगानिस्तान, युएई, हङकङ र ओमानको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);