सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने

sandeep

न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने

काठमाडौं, ४ मंसिर । सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपलाई बोली लगाएको हो ।

सन्दीपले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् । नेपाली लेग स्पिनर सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट विदेशी लिगमा खेल्न सुरुवात गरेका थिए । त्यसयता सन्दीपले लगातार विदेशी लिग खेलिरहेका छन् ।

आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले क्यानेडियन, क्यारिबियन, बिग व्यास तथा अफगानिस्तानको लिग खेल्न भ्याए । सन्दीप लामिछानेसँगै लाहोरको टिममा दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डि भिलियर्स, फखर जमान, मोहम्मद सफिज, यासिर शाह लगायत छन् ।

यता, पहिलो पटक पाकिस्तान सुपर लिगको ड्राफमा परेका सोमपाल कामीलाई भने कुनै पनि क्लबले लिएनन् । सोमपाल सिल्भर क्याटगरीमा थिए । पीएसएल २०१९ को फेरवरी १७ देखि मार्च १७ तारिखसम्म पाकिस्तान सुपर लिग हँुदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);