किसन भण्डारी, ९ जेठ । रुसमा हुने विश्वकप फूटबल आउन करिब १ महिना मात्र बाँकी छ । यसअघिका विश्वकप भन्दा फरक र व्यवस्थित बनाउन रुसले तयारी तीब्र पारेको छ । योसँगै फुटबल खेलाडी र फुटबल प्रेमीका लागि महाकुम्भ मानिने विश्वकप फुटबलको उपाधी यस पटक कसले उचाल्ला भन्ने चर्चा सुरु भएको छ ।
यति बेला विश्वभरका फूटबल खेलाडि र फूटबलपे्रमिको ध्यान रुसमा आयोजना हुने विश्वकप फूटबलमा केन्द्रित भएको छ । विश्वकप आउन करिब १ महिना बाँकी हुँदा यस पटकको विश्व विजेता को बन्ला भन्ने चर्चा सुरु भएको छ ।
विश्वकपका साविक बिजेता ब्राजिल, जर्मनी, फ्रान्स, अर्जेन्टिना, स्पेन जस्ता देशहरु पुरानै लयमा फर्किएको हुनाले कडा प्रतिष्पर्धा हुने अनुमान लगाउन सकिन्छ । सन् २०१४ को विजेता जर्मनीले पनि आफूलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गरेको छ ।
छनौट चरणका खेललाई आधार मान्ने हो भने जर्मनी नै प्रमुख दाबेदार हो भन्दा फरक पर्दैन । उसले छनौट चरणका १० खेलमा सतप्रतिशत जित निकालेको थियो । जर्मनीका स्टार थोमस मुलर, ओजिल र आन्द्रे जस्ता खेलाडीको समीकरणले जर्मनीको खेल किफायती हुने सम्भावना देखिएको छ ।
यता पाँच पटकको विश्वविजेत ब्राजिल पनि फर्ममा फर्किएको छ । नेएमार, पाउलिन्हो, फिलिप काउटिन्हो जस्ता खेलाडीहरु रहेका ब्राजिल आक्रमक ढंगले मैदानमा फर्कन सक्ने अनुमान गर्न सकिन्छ ।
डियागो कोस्टा, इगो असपास जस्ता उत्कृष्ट स्ट्राइकर रहेको स्पेनले पनि आफूलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गरेको छ । त्यसो त फ्रान्स प्रतिष्पर्धामा देखिएको छ । युवा खेलाडीहरु ओसमान डेम्बेले र किलेन बाप्पे एकै टिमबाट खेलिएको म्याच रोचक हुने अपेक्षा गरिएको छ ।
यी दुवै खेलाडिको समिकरणले पुनः एक पटक फ्रान्सलाई विश्वकपको उपाधि दिलाउने अपेक्षा गर्न सकिन्छ । सन् २०१४ को विश्वकपको रनर अप तथा विश्वकपको पूर्वबिजेता अर्जेन्टिनालाई भने यस पटक छनौट चरण पार गर्न हम्मेहम्मे परेको थियो ।
तैपनी लियोनल मेस्सी, सजिर्यो रोमियो र यीली क्याबेलेरोल जस्ता खेलाडी भरिएको अर्जेन्टाइन टोली लयमा फर्कनसक्ने सम्भावना छ । पहिलो पल्ट विश्वकपमा इंग्ल्याण्डको कप्तानी सम्हाल्न लागेका ह्यारी केनका अनुसार इंग्ल्याण्ड रुस विश्वकपको प्रमुख दाबेदार हो ।
विश्वकपको पहिलो बिजेता उरुग्वेको खेल पनि रोचक हुुने सम्भावना प्रबल छ । लुइस स्वारेज, इडिन्सन कभानी र डिएगो गोडिनले उरुग्वेको खेल उत्कृष्ट बनाउन सक्ने अनुमान गर्न सकिन्छ । यसपाली विश्वकपको ४ पटकको बिजेता इटालीले भने समुह चरण नै पार गर्न सकेन ।