विश्वकप फुटबल प्रतिस्पर्धा हरेक दुई वर्षमा गर्न सकिने सम्भावना बारे फिफाले अध्ययन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विश्वकप फुटबल प्रतिस्पर्धा हरेक दुई वर्षमा गर्न सकिने सम्भावना बारे फिफाले अध्ययन गर्ने

एजेन्सी । विश्वकप फुटबल प्रतिस्पर्धा हरेक दुई वर्षमा गर्न सकिने सम्भावना बारे अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अध्ययन गर्ने भएको छ ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले पुरुष तथा महिला विश्वकप फुटबल अहिले जस्तो हरेक चार वर्षको सट्टा दुई–दुई वर्षको अन्तरालमा गर्न सकिने सम्भावनाबारे अध्ययन सुरु गर्ने भएको हो ।

अध्ययनमा सो प्रतिस्पर्धाका लागि गरिने छनौट खेलका सम्बन्धमा पनि विचार गरिने छ । यस सम्बन्धी साउदी अरेबिया फुटबल फेडेरेसनको प्रस्तावले फिफाको वार्षिक कंग्रेसमा समर्थन पाएको हो ।

प्रस्तावका सम्बन्धमा अध्ययन गरिनु पर्ने पक्षमा १ सय ६६ तथा विपक्षमा २२ देशका फेडेरेशनले मत दिएका हुन् । सन् १९३० यता हरेक चार वर्षमा पुरुष विश्वकप हुँदै आएको छ ।

सन् १९ सय ४२ र १९ सय ४६ मा विश्वयुद्धका कारण हुन सकेको थिएन । यस्तै सन् १९ सय ९१ मा सुरु भएयता महिला विश्वकप पनि हरेक चार वर्षमा हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);