भारतीय क्रिकेट टोलीले तीन दिन मात्र क्वारेन्टिनमा बसे पुग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

भारतीय क्रिकेट टोलीले तीन दिन मात्र क्वारेन्टिनमा बसे पुग्ने

एजेन्सी । इंग्ल्याण्ड भ्रमणमा जाने तयारीमा रहेको भारतीय क्रिकेट टोलीले तीन दिन मात्र क्वारेन्टिनमा बसे पुग्ने भएको छ । इंग्ल्याण्ड क्रिकेट बोर्डले भारतीय क्रिकेट बोर्डको तीन दिनको मात्र अनिवार्य क्वारेन्टिनको प्रस्तावलाई स्विकार गरेसँगै भारतीय टोलीलाई राहत भएको हो ।

अब भारतीय क्रिकेट टिमले इंग्ल्याण्डमा पुगेपनि मात्र तीन दिनको क्वारेन्टिनको समय विताउने अनि प्रशिक्षणमा सुरु गर्ने बताइएको छ । भारतीय क्रिकेट टिम आगामी जुन महिनाको २ तारिखमा इंग्ल्याण्ड प्रस्थान गर्ने तालिका छ । इंग्ल्याण्डमा भारतीय टिमले न्यूजिल्याण्डसँग पहिले टेष्ट च्याम्पियनसिपको फाइनल खेल्नेछ ।

त्यो भन्दा अगाडी भारतीय टिमले १२ दिनको प्रशिक्षणको समय पाउने भएका छन् । यसअघि इंग्ल्याण्ड क्रिकेट टिमले भारतीय टिमलाई बेलायत पुगेपछि अनिवार्य १० दिनको क्वारेन्टिनको समय विताउनुपर्ने बताएको थियो । भारतले इंग्ल्याण्डसँग पाँच टेष्टको सिरिज खेल्नेछ ।

जसमा पहिलो टेष्ट चार अगष्टबाट आठ अगष्टसम्म हुनेछ भने दोस्रो टेष्ट १२ देखि १६, तेस्रो २९ देखि २९ अगष्टसम्म हुनेछ ।

Leave a Reply