सन्दिप लामिछाने 'द हन्ड्रेड क्रिकेट' प्रतियोगिता खेल्न बिहिबार बेलायत जादैँ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सन्दिप लामिछाने ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्न बिहिबार बेलायत जादैँ

sandip

काठमाडाैं । नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने बेलायतमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न बिहिबार राती त्यसतर्फ जाने भएका छन । यसअघि भिषाको समस्याका कारण टी २० ब्लास्ट खेल्न नपाएका सन्दिप बिहिबार राती द हन्ड्रेडका लागि बेलायत जाने भएका हुन् ।

बेलायत पुगेपछि उनी १० दिनको क्वारेन्टिन बस्नुपर्ने बताइएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ । उनी बेलायत गएर पनि दुई पटक क्वारेन्टिनमा हुँदा पीसीआर परिक्षण गर्नुपर्नेछ । द हन्ड्रेडमा ओभल टिमबाट खेल्ने तयारीमा रहेका सन्दिपले पहिलो खेलबाट नै टिममा समावेश हुन पाउने भएका छन ।

द हन्ड्रेड जुलाई २२ बाट सुरु हुँदैछ । जसमा पहिलो खेलमा नै सन्दिपको टिम ओभलले म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । इंग्ल्याण्ड र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको यो प्रतियोगिता अघिल्लो बर्ष कोभिडका कारण स्थगित भएको थियो । यो बर्ष उनलाई टिमले रिटेन गरेको थियो ।

सन्दिपलाई ओभलले करिव एक लाख पाउण्डमा अनुबन्ध गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);