बेलायतको क्रिकेट बोर्डद्वारा खेलाडी सन्दीपलाई तत्काल देश छोड्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बेलायतको क्रिकेट बोर्डद्वारा खेलाडी सन्दीपलाई तत्काल देश छोड्न निर्देशन

काठमाडाैं । नेपालका क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ ।

क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न निर्दैशन दिएको हो । थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए ।

यो प्रतियोगिता अब आफूले गुमाएको सन्दिपले फेसबुकमार्फत जानकार दिएका छन् । सन्दिपले आफ्नो भिसा के कारणले अवैध भयो भन्ने जवाफ मागेका छन् । थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए ।

यो प्रतियोगिता अब आफूले गुमाएको सन्दिपले फेसबुकमार्फत जानकारी दिएका छन् । उनी टायर ५ भिसामा बेलायत गएका थिए । यो भिसाबाट उनलाई खेल्न अनुमति नदिइएको क्रिकइन्फो डट कमले जनाएको छ ।

बेलायतमा गएर नियमानुसार सरकारकै व्यवस्थापनमा रहेको होटलमा क्वारेन्टाइन पनि बसिसकेपछि इसीबीले उनलाई खेल्न रोकेको हो । यसअघि उनले बेलायतमै आयोजना भएको टी–२० ब्लास्ट पनि भिसा समस्याका कारण गुमाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);