श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

एजेन्सी । श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ ।

गएराति भएको खेलमा पाहुना टोली भारतले श्रीलंकालाई तीन विकेटले पराजित गर्दै गरेको हो । जितका लागि २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमायो । भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सूर्यकुमार यादवले ५३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । यसअघि भएको पहिलो एक दिवसीयमा पनि भारत विजयी भएको थियो ।

शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन खेलको एक दिवसीय सिरिज २–० ले जितेको छ । अब तेस्रो खेल शुक्रबार कोलम्बोमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);