नेपाली लेग स्पिनर सन्दिप लामिछाने स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपाली लेग स्पिनर सन्दिप लामिछाने स्वदेश फिर्ता

काठमाडाैं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आज नेपाल आइपुगेका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड प्रतियोगिता गुमाउने भएपछि सन्दीप आज दिउँसो नेपाल आइपुगेका छन् ।

युके पुगेको टाएर फाइभ भिसामा द हन्ड्रेड खेल्न नपाउने भएपछि उनी स्वदेश फर्केका हुन् । बिहिबारदेखि सुरु भएको प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । भिसाकै कारण उनले अघिल्लो महिना आयोजना भएको टि २० ब्लास्ट क्रिकेटसमेत गुमाएका थिए ।

सन्दीप प्रतियोगिता पूर्ण रुपमा बाहिर हुने भएपछि उनको स्थानमा टिमले दक्षिण अफ्रिकी स्पिनर तबरेज शाम्सीलाई खेलाउने निर्णय गरीसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);