सन्दीप लामिछानेले भाइटालिटी टी–२० ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन्दीप लामिछानेले भाइटालिटी टी–२० ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउने

काठमाडाैं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।

भाइटालिटी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ । सन्दीप वोर्सेस्टरशायर ¥यापिड्समा अनुबन्धित भएका थिए । सन्दीप पहिलो पटक यस प्रतियोगिता खेल्ने तयारीमा थिए । सन्दीपले भिसा ढिला आएपछि सामाजिक संजालमा समेत आक्रोश पोखेका थिए ।

भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने इंग्ल्यान्ड जाने भएका छन् ।सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका रहेको छ । सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);