मैत्रीपूर्ण खेलमा स्विडेनद्वारा अर्मेनिया पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

मैत्रीपूर्ण खेलमा स्विडेनद्वारा अर्मेनिया पराजित

एजेन्सी । मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियालाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा स्विडेनले अर्मेनियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जल एक एक गोल गरे भने अर्मेनियाका भाहान बिचाकछ्यानले एक गोल फर्काए । खेलको १६ मिनेटमा इमिलले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा मार्कुसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए त्यस्तै ६४ औं मिनेटमा अर्मेनियाका भाहानले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।

तर, खेलको ८५ औं मिनेटमा मार्कुसले गोल गर्दै स्विडेनलाई ३–१ को जित दिलाए ।

युरोकप फुटबलको तयारीको लागि स्विडेनमा अर्मेनियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।

स्विडेनले जुन १४ मा स्पेनसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);