स्विडेनलाई पराजित गर्दै युक्रेन युरो कप फुटबलको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्विडेनलाई पराजित गर्दै युक्रेन युरो कप फुटबलको क्वाटरफाइनलमा

एजेन्सी । स्विडेनलाई पराजित गर्दै युक्रेन युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे भने स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए । रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २(१ को महत्वपूर्ण जित दिलाए । खोलको २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए तर, खेलको ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १–१ को बराबरीमा ल्याए ।

जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बनेको छ । यस खेलसँगै युरोकपको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);