नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश

एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा शनिबार राति भएको खेलमा बेलायतका क्यामरुन नोरीलाई हराएर नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

विश्व नम्बर तीन समेत रहेका नाडालले नोरीलाई ६–३, ६–३ र ६–३ को सेटमा पराजित गरे । १३ पटकको च्याम्पियन नाडालले अब इटालीका जानिक सिन्नरसँग खेल्नेछन् ।

महिलातर्फ साविक विजेता समेत रहेकी पोल्याण्डकी इगा स्विटेकले अन्तिम १६ मा स्थान बनाएकी छिन् । स्विटेकले एनिट कोन्टाभिटलाई ७–६, ७–४ र ६–० ले पराजित गरिन् ।

महिलातर्फ नै सोफिया केनिन, कोको गाउफ, स्लोआनी स्टेफेन्सले चौंथो चरणमा स्थान पक्का गरेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);