राफायल नाडाल युएस ओपनको चौंथो चरणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

राफायल नाडाल युएस ओपनको चौंथो चरणमा

rafael nadal

एजेन्सी, १५ भदौ । स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको खेलमा दक्षिण कोरियाका चुङ ह्येओनलाई पराजित गर्दै नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

दोस्रो वरियताका नाडालले चुङलाई ३–० को सोझो सेटमा पराजित गरेका थिए । नाडालले चुङमाथि ६–३, ६–४ र ६–२ को जित निकालेका हुन् । पुरुषतर्फनै डानिल मेड भेदेब, ग्रिगोर दिमित्रोभ र स्टान वावरिन्काले पनि चौंथो चरणमा स्थान बनाएका छन् ।

त्यस्तै, महिलातर्फ शीर्ष वरियताकी जापानी नाओमी ओसाकाले अमेरिकी खेलाडी कोरी गौफलाई ६–३ र ६–० को सेटमा हराएर चौंथो चरणको यात्रा तय गरेकी छिन् ।

महिलातर्फ नै चौंथो वरियता प्राप्त रोमानियाकी सिमोना हालेपले पनि संघर्षपूर्ण जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);