ईटालियन सिरि ए : नापोलीमाथि युभेन्टसको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ईटालियन सिरि ए : नापोलीमाथि युभेन्टसको रोमाञ्चक जित

seria a-juventus vs napoli

एजेन्सी , १५ भदौ ।  ईटालियन सिरि ए फुटवल अन्तरगतको खेलमा युभेन्ट्सले नापोलीलाई हराएको छ । आइतबार बिहान भएको खेलमा युभेन्टसले नापोलीमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।

युभेन्टसका लागि १६ औ मिनेटमा ड्यानिलोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । १९ औ मिनेटमा गोन्जालो हिगुइनले उत्कृष्ट गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको ६२ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–० को स्थितीमा पुर्याएका थिए ।

त्यसपछि लगातार तीन गोल गर्दै नापोली खेलमा फर्किएको थियो । ६६ औ मिनेटमा कोस्टास मानोलसले नापोलीका लागि पहिलो गोल गरेका थिए । हिर्भिङ लोजानोले ६८ औ मिनेटमा गोल गर्दै खेललाई ३–२ को स्थितीमा पुर्राएका थिए । ८१ औ मिनेटमा जियोवन्नी डी लोरेन्जोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ईन्जुरी समयमा नापोलीका कालिदौ कोलीबालीले आत्मघाती गोल गरेपछि युभेन्ट्स विजयी बनेको हो । निकैनै रोमाञ्चक खेलमा जित निकाल्दै युभेन्टसले ३ अंक जोडेको छ ।

शीर्ष स्थानको युभेन्टसले २ खेलबाट ६ अंक भएको छ । नापोली ३ अंक सहित आठौं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);