विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने तय

एजेन्सी । विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ । यसअघि स्कटल्यान्डमा हुने भनिएको सिरिज कोरोना भाइरसका कारण अनिश्चित भएको थियो ।

शुक्रबार बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकमा यसबारे छलफल भएको र अन्योलमा परेको सिरिज स्पेनमा हुने निश्चित भएको हो । स्पेन सरकारले प्रतियोगितका लागि अनुमति दिएसँगै खेलाडीहरूको क्वारेन्टाइन बस्ने स्थान लगायत कुरा निश्चित भएपछि मात्रै सिरिजको तालिका सार्वजनिक हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);