सन्दीपले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने, बेलायत छोड्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सन्दीपले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने, बेलायत छोड्न निर्देशन

sandeep

काठमाडाैं । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।

सन्दीप युके पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न नपाउने भए पछि फर्किन लागेका हुन् । बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ ।

सन्दीपले सामाजिक संजाल फेसबुकबाट द हन्ड्रेड गुमाएको जानकारी दिएका छन् ।

पहिलो संस्करणको प्रतियोगिताका लागि सन्दीप इंग्ल्यान्ड पुगिसकेका थिए । १०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ ।

भिसाकै कारण सन्दीपले यसअघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट पनि गुमाएका थिए । त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);