सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टी–२० क्रिकेट भिटालिटी टी–२० ब्लास्ट खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टी–२० क्रिकेट भिटालिटी टी–२० ब्लास्ट खेल्ने

काठमाडौं, १२ चैत । नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडी लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टी–२० क्रिकेट भिटालिटी टी–ट्वान्टी ब्लास्ट खेल्ने भएका छन् । सन्दीपले इंग्ल्याण्डकोे वोर्सेस्टरशायर ¥यापिड्सबाट टी–२० ब्लास्ट खेल्ने भएका हुन् ।

वोर्सेस्टरशायरले सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्ध गरेको जनाएको छ । २० वर्षीय सन्दीपले पहिलो पटक टी–२० ब्लास्ट खेल्न लागेका हुन् । भिटालिटी टी–२० ब्लास्ट’ प्रतियोगिता खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुनेछन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टी–२० ब्लास्ट २०२१ को जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);