आयरल्याण्डलाई पराजित गर्दै भारतीय महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आयरल्याण्डलाई पराजित गर्दै भारतीय महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश

एजेन्सी । भारतीय महिला क्रिकेट टोलीले आयरल्याण्ड विरुद्धको खेलमा ५ रनले जित हासिल गरेको छ । यो जितसँगै भारतीय टोली सेमिफाइनलमा पुगेको हो । खेलमा भारतीय कप्तान हरमनप्रीत कौरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । पहिले ब्याटिङ गरेको भारतले स्मृती मन्धानाको ८७ रनको धमाकेदार इनिङ्समा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । यसपछि आयरल्यान्डको टोलीले ९औं ओभरसम्म २ विकेट गुमाएर ५४ रन मात्रै बनाउन सकेको थियो । यसपछि वर्षा रोकिएपछि खेल रद्द गर्नुपरेको थियो ।

वास्तवमा, भारतीय टोलीले समूह बी को आफ्नो अन्तिम खेलमा डकवर्थ लुइस पद्धति अनुसार आयरल्याण्डलाई पाँच रनले पराजित गरेको छ। यो जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यो समुहमा इंग्ल्याण्डको महिला टिम यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । इंग्ल्याण्ड तीन खेलबाट तीन जित र ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । उसले समूहको अन्तिम खेल पाकिस्तानसँग खेल्नुपर्नेछ ।

योसँगै भारतीय टोली दोस्रो स्थानमा छ । भारतको नेट रन रेट + ०.२९० छ। समूह ‘बी’ बाट वेष्ट इन्डिज, आयरल्याण्ड र पाकिस्तानका टोली प्रतियोगिताबाट बाहिरिएका छन् । तपाईलाई भनौं कि भारतीय महिला टोली सन् २०१८ यता लगातार तेस्रो पटक त्द्दण् विश्वकपको सेमिफाइनलमा पुगेको छ। सन् २०२० मा भारतले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

आयरल्याण्ड विरुद्धको खेलमा भारतीय टिमकी कप्तान हरमनप्रीत कौरले इतिहास रचिन् । उनी १५० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने विश्वकै पहिलो खेलाडी बनेकी छिन् । हरमनअघि विश्वका कुनै पनि पुरुष वा महिला खेलाडीले १५० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न पाएका थिएनन् । भारतीय महिला कप्तानले १४८ टी–२० अन्तर्राष्ट्रिय खेलेका रोहित शर्मालाई पछाडि छोडेकी छन् । महिलामा हरमनपछि न्युजिल्यान्डकी सुजी बेट्स छन्, जसले १४३ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);