सन् २०२३ को अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा महिला विश्वकप फुटबलको मिति तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन् २०२३ को अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा महिला विश्वकप फुटबलको मिति तय

एजेन्सी । सन् २०२३ को अन्तराष्ट्रिय फुटबल महासंघ फिफा महिला विश्वकप फुटबलको मिति तय भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको हो । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने महिला विश्वकप सन २ हजार २३ जुलाई २० देखि अगस्ट २० सम्म आयोजना हुनेछ ।

विश्वकपको उदघाटन न्युजिल्याण्ड अकल्याण्डस्थित इडेन पार्कमा हुनेछ । फाइनल खेल सिड्नी स्टेडियम अष्ट्रेलियामा हुनेछ । अष्ट्रेलियाको सिड्नीसँगै मेलबर्न, ब्रिसबेन, एडिलेट र पर्थमा खेलहरु हुनेछन् ।न्युजिल्याण्डको अकल्याण्ड, डुनेडिन, ह्यामिल्टन र विलिङटनमा हुनेछ ।

यस अघि फ्रान्समा भएको विश्वकपको उपाधि अमेरिकाले जितेको थियो । महिला विश्वकप सन २ हजार २३ मा ३२ वटा मुलुक सहभागि हुनेछन् । यसअघि महिला विश्वकपमा २४ मुलुक सहभागि हुनेगरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);