नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छः अर्थमन्त्री वाग्ले | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छः अर्थमन्त्री वाग्ले

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो स्पष्टिकरण दिनु भएको हो । अर्थमन्त्री वाग्लेले नेपालले तिर्दै जाने गरी लगानी गरेकाले ऋण लिने कुराले जहाजनै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नभएको पनि जिकिर पनि गर्नु भयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदहरुलाई आग्रह गर्नुभयो । अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसार राजस्व संकलन गर्नसक्ने दावी समेत गर्नुभयो ।

Leave a Reply