क्यान निलम्बन पछी पनि नेपाली क्रिकेट क्षेत्रमा आसाको संचार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

क्यान निलम्बन पछी पनि नेपाली क्रिकेट क्षेत्रमा आसाको संचार

किशन भण्डारी
काठमाडौँ, १ फागुन
। नेपालको क्रिकेट खेलको आधिकारिक परिचालक निकाय नेपाल क्रिकेट संघलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले निलम्बन गरेको छ । क्यान निलम्बनमा परेपनि नेपाली क्रिकेट टिमले अन्तारष्ट्रिय प्रतियोगितामा राम्रै प्रदर्शन गरेको छ । त्यो सँगै युवा क्रिकेटर सन्दिप लामिछानेलाई आइपिएल लिगका लागि डिल्ली डेयर डेभिल्सले अनुबन्धन गरेसँगै नेपाली क्रिकेट क्षेत्रमा आसाको संचार छाएको छ ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपनि नेपाली राष्ट्रिय क्रिकेट टीम र खेलाडीले एकपछि अर्को सफलता हात पारेका छन् । क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडी र समर्थक निराश भएका थिए । तर युवा क्रिकेटर सन्दिप लामिछानेलाई आइपिएल लिगका लागि डिल्ली डेयर डेभिल्सले अनुबन्धन गरेसँगै क्रिकेट खेलाडी र समर्थकलाई खुसी तुल्याएको छ ।

त्यो सँगै नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगिताका लागि नामिबियामा छ । सो प्रतियोगितमा नेपालले चार खेलमा तीन खेलमा जित दर्ता गरेपछि थप हौसला थपिएको छ । नेपाल शिर्ष दुइ स्थानमा पर्र्दै जिम्बाबेमा हुने वन्र्डकप छनौट प्रतियोगितमा खेल्ने सम्भावना बलियो भएको छ । प्रतियोगितमा सन्दिपले उत्कृष्ट प्रदर्शन गरेको भन्दै विश्वभर चर्चा परिचर्चा छ । जसको कारण नेपालको गरिमा बढेको खेलाडीहरु बताउछन् ।

युवा क्रिकेट खेलाडीका लागि सन्दिप प्रेरणको स्रोत बनेका छन् । खेल क्षेत्रबाट निरास भएका खेलाडीलाई सन्दिपलाई डिल्ली डेयर डेभिल्सले अनुबन्धन गरेसँगै झकझकाएको छ ।गत माघ १९ गते सन्दिप लामिछानेलाई डेल्ली डेर डेभिल्सले आइपिएल लिगका लागि आफ्नो टिममा अनुबन्ध गरेको थियो ।

क्रिकेटको विकासका लागि निलम्मनमा परेको क्यानलाई फुकुवा गर्नसके खेलाडीलाई थप हौसाला मिल्ने थियो । विश्वसामु देशलाई चिनाउने खेल क्षेत्रलाई राज्यले उपहास गरेको खेलाडीहरुको गुनासो छ । क्रिकेटमा एक पछि अर्को सफलता हात पर्दै गएकाले नव प्रतिभालाई राज्यले प्रोत्साहन गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);