यू–२३ टोलीका फरवार्ड राजेश परियारले आई लिग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

यू–२३ टोलीका फरवार्ड राजेश परियारले आई लिग खेल्ने

काठमाडौं, ३१ भदौ । नेपाली २३ वर्ष मुनिको टोलीका फरवार्ड राजेश परियारले भारतीय क्लबबाट बी डिभिजन आईलिग खेल्ने भएका छन् । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् ।

भारतको बी डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो । राजेशले आफू अहमदाबादमा अनुबन्धित भएको जानकारी गराउँदै प्रतियोगिताका लागि बिहीबार भारत जाने बताएका छन् ।

एन्फा एकेडेमीका उत्पादन राजेशले गत सिजन न्यूरोड टिम एनआरटिबाट ’ए’ डिभिजन लिग खेलेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);