काठमाडौं महानगरले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं महानगरले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने

काठमाडौं, २९ कार्तिक । काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षण लगायतका सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो ।

विश्व मधुमेह दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठले कोभिडबाट मधुमेह पीडित व्यक्तिहरु कोरोनाबाट बढी प्रभावित भएकाले नियमित रुपमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न महानगरसँग आग्रह गर्नुभयो ।

यसैगरी वरिष्ठ मुटुरोग विशेषज्ञा डाक्टर प्रकाशराज रेग्मीले नसर्ने रोग भएपनि कोरोना भन्दा मधुमेह रोग बढी खतरनाक भएको बताउनुभयो ।
नेपाल मधुमेही समाजले अहिले विशेषज्ञहरुबाट मधुमेह, ग्रन्थी, थाइरोइड, मुटु, आँखा, हाड जोनी तथा इसिजी, इको लगायतका सेवाहरु न्यून शुल्कमा उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);