ज्येष्ठ नागरिकलाई सहयोग गर्ने तीन दम्पती सम्मानित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

ज्येष्ठ नागरिकलाई सहयोग गर्ने तीन दम्पती सम्मानित

खोटाङ । ज्येष्ठ नागरिक संघ खोटाङले दिवा सेवा भवन निर्माणलगायतमा सहयोग गर्ने सहयोगीलाई सम्मान गरेको छ । दिक्तेलमा दिवा सेवा भवन निर्माणका क्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने तीन दम्पतीलाई सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक संघले दिवा सेवा भवन निर्माणका क्रममा ११ हजार पाँच सय सहयोग गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका रेखा राई र रुद्र राई, एक थान फलामे बेञ्च तथा ज्येष्ठ नागरिकको चिया नास्ताका लागि दुई हजार पाँच सय सहयोग गर्ने गयाकुमार बजिमय र ताराकुमारी बजिमयलाई सम्मान गरेको हो । 

यस्तै, दुई थान फलामे बेञ्च तथा चियानास्ताका लागि ११ हजार पाँच सय प्रदान गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका मनिन्द्र राई र चन्द्रकुमारी राई दम्पत्तीलाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघका सचिव राम ताम्राकारले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);