तिहारको पूर्वसन्ध्यामा जनकपुरधामको होटेल तथा पसलमा अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तिहारको पूर्वसन्ध्यामा जनकपुरधामको होटेल तथा पसलमा अनुगमन

बटुकनाथ झा
जनकपुरधाम, २८ कार्तिक ।
तिहारको पुर्व संध्यामा जनकपुरधामका केहि होटेल तथा किराना पसलहरुमा अनुगमन गरिएको छ । चार्डपर्वको बेलामा बजारमा दैनिक उपभोग्य सामान तथा मिष्टान पदार्थको माग बढ्ने भएकाले बजारमा गुणस्तरहिन सामान तथा मिष्टान विक्री हुने भएकाले अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा जनकपुरधामका अधिकांश होटेलको अवस्था संतोषजनक रहे पनि केहि होटेलमा भान्साघर सरसफाईको आभाव देखिएको छ । जनकपुरधामको महाबीर चोकमा संचालित महाबीर मिष्टान भंडारमा गरिएको अनुगमनमा होटेलमा सरसफाईको अवस्था नाजुक तथा उत्पादनस्थल दुर्गन्धित र फोहर रहेकाे पाईयो ।

सो होटेलमा उत्पादन स्थल बन्द गरी विक्री वितरण नगर्न होटेल संचालक मनोज कुमार साहलाई निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका खाद्य अनुसन्धान अधिकृत रत्न कान्त झाले बताउनु भयो । उहाँले सरसफाईको सरसफाईको सम्पुर्ण पुर्वाधार पुरा गरी कार्यालयबाट पुनः निरिक्षण गराई मात्र उत्पादन तथा विक्री गर्न निर्देशन दिएको बताउनु भयो ।

त्यस्तै जनकपुरधामको क्याम्पस चोकमा रहेको लडुगोपाल स्विट्स एण्ड स्न्याक्समा सरसफाईको अवस्था कमजोर हुनुका साथै मिठाईमा प्रयोग हुने रंग म्याद गुज्रेको तथा मिठाईमा कमिला पाइएकाले मिठाई नष्ट गरिएको थियो । अनुगमनका क्रममा क्याम्प्स चोकमा रहेको जय हनुमान मिष्टान भंडार, मुरली चोकमा रहेको लडुगोपाल स्विट्स एण्ड स्न्याक्स, आंगन स्विट्स,रघुपती मिष्टान भंडार तथा हंसराज मिठाई पसलको कारखानामा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा हंराज मिठाई पसल तथा रघुपति मिष्टान भंडारको कारखानाको अवस्था संतोषजनक पाइएको थियो । प्रायं होटेलमा सरसफाईको अवस्था कमजोर तथा मिठाईमा प्रयोग हुने रंगको मात्रा बढी तथा म्याद गुज्रेको सामानहरु पाइएको थियो । यो भन्दा पहिला जनकपुरधामको मिल्स एरियाका केहि किरानमा पसलहरुमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु पाईएकाले तत्कालनै ती सामानहरु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका खाद्य निरिक्षक प्रविण कुमार तिवारीले जानकारी दिनुभयो ।

नियमित अनुगमन गरिरहदा पहिलाको तुलनामा अहिले जनकपुरधाम नगरक्षेत्रमा अवस्थामा सुधार आएको क अनुगमनमा सहभागीहरुले बताएका थिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत अर्जुन कुमार मंडल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका खाद्य अनुसन्धान अधिकृत रत्नकान्त झा, खाद्य निरिक्षक प्रविण कुमार तिवारी, जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठ सहितको सहभागीता रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);