सभामुख सापकोटा र भारतीय राजदूतबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सभामुख सापकोटा र भारतीय राजदूतबीच भेटवार्ता

sabhamukh sapkota ra Kwatra

काठमाडौं, २७ फागुन । भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ । नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले सरकार-सरकार, संसद-संसद र जनता-जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको थियो ।

भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);