सरकारद्वारा थप ३ मुलुकका नागरिकलाई अनअराइभल भिसामा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारद्वारा थप ३ मुलुकका नागरिकलाई अनअराइभल भिसामा रोक

home monistry

काठमाडौं, २६ फागुन । सरकारले थप तीन मुलुकका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ । गृह मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फ्रान्स, जर्मनी र स्पेनलाई पनि अनअराइभल भिसामा रोक लगाएको हो ।

गत साता सरकारले चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई नेपाल भ्रमण गर्दा दिइँदै आएको अन अराइभल भिसामा रोक लगाएको थियो।

कोरोना भाइरसको महामारी थप फैलिएपछि फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई पनि नेपालका विदेशस्थित सम्बन्धित कूटनीतिक नियोगबाट कोरोना भाइरसमुक्त स्वास्थ्य परीक्षण रिपोर्ट पेश गरेर मात्रै नेपाल आउने व्यवस्था गरेको हो।

यससँगै पछिल्लो समय अनअराइभल भिसा रोक लगाइएका मुलुकको संख्या ८ पुगेको छ। रोक लगाएका मुलुकका नागरिकले मंगलबारदेखि अन अराइभल भिसा पाउने छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);