पर्यटन भिसा नदिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पर्यटन भिसा नदिने सरकारको निर्णय

tourist visa nepal

काठमाडौं, ३० फागुन । कोरोना भाइरसको सक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण विश्वभर फैलिँदै गएपछि सरकारले सुरुमा पाँच देश र पछि थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेकोछ । कोरोना भाइरसले महामारीको रुप लिएको डब्लूएचओले घोषणा गरे लगतै अमेरिकाले बेलायत बाहेक युरोपेली देशबाट यात्रा रोक लगाएको छ भने भारतले पनि १५ अप्रिलसम्म पर्यटन भिसा नदिने निर्णय गरेको छ । नेपालमा पनि भारततर्फ आवत जावतका लागि नाका सिमित गर्ने र चेकजाँच कडा बनाउने निर्णय गरेको छ ।

कोरोनाबाट सर्तकता अपनाउन सरकारले देशको कुनै क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएमा पकेट एरिया लक डाउन गर्ने समेत भएकोछ । सरकारले निश्चित क्षेत्र, जिल्ला र प्रदेशसमेतलाई पकेट एरिया घोषणा गर्न सक्ने उल्लेख गरेकोछ । महामारी अवधिभरी अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात निर्यात पनि बन्द गर्ने र स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाका बन्द गर्ने योजना सरकारले बनाएको छ ।

संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको आपूर्ति बढाइने अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताउनुभएकोछ । आवश्यक परे सैनिक सुरक्षाकर्मीले थप व्यवस्था गर्ने र तत्काल संरचना बनाउन सक्ने, स्वास्थ्य जनशक्तिका लागि मेडिकल कलेजका साथै रेडत्रस, स्टाकाउट लगायतका संघ संस्थाबाट पनि स्वयमसेवक खटाउन सक्ने गरी तयारी गरिएकोछ ।

सरकारले कोरोना रोकथाम तथा चेकजाचँका लागि देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मीहरु सहितको टोली परिचालन गरेकोछ । समितिले राजनीतिक, सामाजिक भेला कम गर्न समेत सार्वजनिक रुपमा आह्वान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);