कोरोना प्रभाबित ५ देशका नागरिकलाई 'अन-अराइभल' भिसामा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कोरोना प्रभाबित ५ देशका नागरिकलाई ‘अन-अराइभल’ भिसामा रोक

tribhuwanintlairport

काठमाडौं, १९ फागुन । सरकारले चीनसहित पाँच देशका नागरिकलाई एक महिनाका लागि नेपाल आगमन भिसामा रोक लगाएको छ । गृह मन्त्रालयले सोमवार हङकङसहित चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई यही मार्च ७ देखि मार्च ३१ तारिखसम्म अनअराइभल भिसामा रोक लगाएको हो ।

आइतबार मात्रै मन्त्रिपरिषद् बैठकले कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई भिसा जारीमा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसको भोलिपल्टै गृहले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर अध्यागमन विभागमार्फत ५ मुलुकका नागरिकलाई अनआराइभल भिसामा तत्कालका लागि रोक लगाएको हो ।

ती देशका नागरिक नेपाल आउनु परे सम्बन्धित देशमै रहेका नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत कोरोनासम्बन्धी स्वास्थ्य परीक्षणसमेतको रिपोर्टका आधारमा आवश्यकता र औचित्य हेरेर भिसा लिन सक्नेछन् ।

अहिले इराकसहित १३ मुलुकका नागरिकलाई अनअराइभल भिसा सुविधा छैन । अन्य देशका नागरिकले भने नेपालमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अध्यागमनका सम्बन्धित कार्यालयमार्फत प्रवेशाज्ञा अनुमति लिन पाउने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);