राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित

yojana ayog

काठमाडौं, १९ फागुन । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ । सोमबार प्रधनमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो । १५ औं योजनाको आधारपत्र भने गत बैशाख १७ गते पारित भएको थियो ।

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको सुझाव र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिनुभएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने समेत बताउनुभयो ।

बैठकमा सार्वजनिक निजी साझेदारी अन्तर्गत गर्नुपर्ने केही कार्यक्रमका विषयमा छलफल भई कार्यान्वयनमा लैजाने निर्णय भएको उपाध्यक्ष कँडेलले बताउनुभयो ।

१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पुरा गर्ने गरी २५ वर्षे दिर्घकालिन सोच सहितका कार्यक्रमहरु समावेस गरिएको छ ।