राष्ट्रिय विकास परिषदको बैठक चैत्र २० र २१ गते काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रिय विकास परिषदको बैठक चैत्र २० र २१ गते काठमाडौंमा

yojana parishad

काठमाडौं, १९ चैत । राष्ट्रिय विकास परिषदको बैठक यही चैत्र २० र २१ गते बस्ने भएको छ । मंगलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालिन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन बुधबार र बिहीबार दुई दिन बस्ने गरी राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको जानकारी दिइएको हो ।

राष्ट्रिय विकास परिषद राष्ट्रिय योजनाहरुलाई अन्तिम रुप दिने सर्वोच्च निकाय हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने परिषद बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता, प्रदेश सरकारका मुख्य मन्त्रीहरु, संघीय संसदका विषयगत समितिका सभापतिहरु, निजी क्षेत्र, विज्ञहरुसहित करिव ३ सय ५० जनाको सहभागिता रहने आयोगका सहसचिव किरण रुपाखेतीले बताए ।

आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५ औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो । पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डाक्टर पुष्प कँडेलले परिषद बैठकले आवश्यक सुझाव दिएपछि दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र बैशाख पहिलो हप्ता भित्र सार्वजनिक गरिसक्ने उल्लेख गरे ।

आयोगले तयार पारेको १५ औं योजनाको आधार पत्रको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);