प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आव्हान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आव्हान

kp oli

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तीका लागि प्रधानमन्त्री ओलीले मंसिर २८ गते आइतबार बालुवाटारमा बैठक बोलाउनु भएको हो । बैठक बिहान ९ बजे बस्ने बताइएको छ ।

संवैधानिक पदाधिकारी नियुक्तीका विषयमा दलहरुबीच सहमति हुन सकेको छैन । यतिबेला संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोगलगायतका आयोगमा अध्यक्ष र आयुक्तको पद रिक्त रहेको छ ।

प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहमति हुन नसक्दा संवैधानिक पदाधिकारी नियुक्तीको विषय अलपत्र परेको छ ।

यतिबेला संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोगलगायतका आयोगमा अध्यक्ष र आयुक्तको पद रिक्त रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);