सम्बैधानिक परिषदको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सम्बैधानिक परिषदको बैठक आज बस्दै

sabaidhanika parisad

काठमाडौं, ६ माघ । सम्बैधानिक परिषदको बैठक आज बस्दैछ ।

गत शुक्रवार बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा पार्टी कामको सिशसिलामा राजधानी बाहिर गएका कारण आज बस्नेगरी स्थगित भएको थियो । बैठकमा संवैधानिक आयोगका पदाधिकारी नियुक्तीका विषयमा छलफल हुने जनाइएको छ ।

संवैधानिक व्यवस्था अनुसार परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय  महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्नुपर्ने ब्यवस्था रहेको छ ।

संविधानको धारा २ सय ५२ देखि २ सय ६५ सम्म विभिन्न आयोग गठन, आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार ती आयोगहरुको अध्यक्ष तथा सदस्यहरु संवैधानिक परिषदले नियुक्तका लागि सिफारिस गरी राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);