निर्वाचन आयोगका पदाधिकारी सिफारिससम्बन्धी छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ६ फागुन । संवैधानिक परिषदले निर्वाचन आयोगको पदाधिकारी नियुक्ति सिफारिस सम्बन्धी छलफल सुरु गरेको छ । संवैधानिक परिषदको सोमबार अपरान्ह बसेको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरुको नियुक्ति सिफारिसका विषयमा छलफल थालेको हो ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्ति सिफारिसबारे आगामी फागुन १२ गते बस्ने अर्को बैठकले टुंगो लगाउने गरी छलफल गरिएको परिषद सदस्यसमेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको सदस्यहरुको सिफारिसका विषयमा पनि छलफल गरिएको थियो ।

परिषदको गत माघ छ गते बसेको बैठकले ती आयोगहरुको प्रमुख सिफारिस गरेपनि सदस्यहरुबारे भने छलफल गरिएको थिएन । त्यसको नियुक्तीका लागि सिफारिस गर्ने विषयमा पनि छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषदले संवैधानिक आयोगको नियुक्तिका लागि गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नुपर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);