नेपालको खाद्य सुरक्षा र पोषणको रणनीतिक समिक्षा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपालको खाद्य सुरक्षा र पोषणको रणनीतिक समिक्षा सार्वजनिक

काठमाडाैं, ७ फागुन । राष्ट्रिय योजना आयोगले नेपालको खाद्य सुरक्षा र पोषणको रणनीतिक समिक्षा सार्वजनिक गरेको छ । सोमबार आयोगले अन्तरक्रिया कार्यक्रम गरि नेपालको खाद्य सुरक्षा र पोषणको रणनीतिका विषयमा “शुन्य भोकमरी तर्फ नेपाल : खाद्य सुरक्षा र पोषणको रणनीतिक समिक्षा” सार्वजनिक गरेको हो ।

समिक्षा प्रतिवेदनमा खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि पर्याप्त बजेट आवश्यक रहेको भन्दै आयोगका सदस्य डाक्टर दिलबहादुर गुरुङले साना किसानको समस्यालाई मात्र सम्बोधन गर्न सके पनि खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि महत्वपूर्ण कदम हुने बताए ।

प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एबं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिबेदनले खाद्य पहुँच र उपलब्धताको प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।

सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालको खाद्य सुरक्षा अवस्था सुधारोन्मुख रहेको देखाएको छ । स्थानीय सरकारले बजेट र कार्यक्रम बनाएर अघिबढे भोकमरी र कुपोषणको दरमा उल्लेख्य सुधार आउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);