खानपानमा भिटामिन र मिनरलको मात्रामा कमी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खानपानमा भिटामिन र मिनरलको मात्रामा कमी

khana

काठमाडौं, २० असार । नेपालीहरुको खानपानमा भिटामिन र मिनरलको मात्रामा कमी रहेको एक अध्ययनले देखाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको एक अध्ययनमा नेपालीहरुको खानपानमा भिटामिन र मिनरलको कमी देखिएको उल्लेख गरिएको छ । बुधबार काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ता केपी लम्सालले नेपालीहरुको खानामा षोषक तत्वको मात्रामा कमी रहेको पाइएको बताए । झापा, ललितपुर र रसुवाको समुदायमा गएर गरिएको अनुसन्धानमा दिनमा ८ पटक खाना खानुपर्नेमा नेपालीहरुले बढिमा ४ पटक मात्रै खाने गरेको पनि जनाइएको छ ।

नेपालीहरुको पोषण स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सरकारले खाद्य पोषणबारे अनुसन्धान सुरु गरेको हो । अनुसन्धानबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले प्रतिबद्धता जनाए । उनँले जनस्वास्थ्यका लागि आवश्यक पोषणको मापदण्ड तोक्न सरकारले आवश्यक अनुसन्धानको कामलाई अघि बढाएको जानकारी पनि गराए । विभागले समुदायको पोषण स्वास्थ्यमा सुधार ल्याउन चित्रसहितको सन्देश देशव्यापी रुपमा संचालन गर्न लागिएको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);