पिउने पानीमा अनुगमन, १ सय २० जार नष्ट | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

पिउने पानीमा अनुगमन, १ सय २० जार नष्ट

बीरगञ्ज, ५ फागुन । पिउने पानी बिना प्रशोधन बजार मा बिक्री बितरण गरिरहेको ग्राहक हरु को गुनासो आउने थाले पछि जिल्ला प्रशासन कार्यालय पर्सा, साना तथा घरेलु उद्योग काकार्यालय, खाद्य नियन्त्रण तथा गुण प्रविधि विभाग का कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा, को संयुक्त टोलीले उद्योग हरुमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उद्योगहरू नियम बिपरित उद्योग संचालन गरिएको, सरसफाइ न भएको र पुराना जार हरूमा पिउने पानी पेकेजिङ गरेर बिक्री बितरण गरेको पाईएको थियो । म्याक्स प्याकेजिङ्ग उद्योग ले दर्ता भन्दा बढी समाग्री उत्पादन गरिएको भेटिएकाले त्यसलाई सिल गरिएको र बिक्रीमा राखिएका १२० भन्दा बढी पुराना जारहरू नष्ट गरिएको खाद्य नियन्त्रण तथा गुण प्रविधि विभाग का प्रमुख बिकी राउत ले बताए।

अनुगमन मा घरेलु तथा साना उद्योग का प्रतिनिधि सुदर्शन आचार्य ,खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण का प्रतिनिधि बिकि राउत , जिल्ला प्रशासन कार्यालय पर्सा का सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पैडेल, उपभोक्ता समिति वीरगञ्ज महानगरपालिका का कोषाध्यक्ष सन्तोष रंजितकार, तथा संचारकर्मी हरूको उपस्थितिमा रहेको थियो ।

Leave a Reply