दाङमा लाख बराबरको रिचार्ड कार्ड चोरी गर्ने एक किशोर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङमा लाख बराबरको रिचार्ड कार्ड चोरी गर्ने एक किशोर पक्राउ

दाङ, ५ फागुन । दाङमा प्रहरीले १ लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका ४ श्रीबारीका १८ बर्षीय इन्द्र गिरी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गिरीले बंगलाचुली ३ कमिरेचौरमा कमलाल पौडेलले सञ्चालन गरेको दाजु भाइ जनरल स्टोरबाट माघ १ गते राती १ लाख बराबरको एनटिसी र एनसेलको रिचार्ज कार्ड चोरी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार पसल धनी पौडेलको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा गिरीले नै ती रिचार्ज कार्ड चोरी गरी घरमा राखेको अवस्थामा बरामद गरिएको हो । पौडेलले आफ्नो पसलबाट माघ १ गते राति एनटिसी र एनसियलको गरि करिब एक लाख बराबरको रिचार्ज कार्ड र नगद २० हजार रकम चोरी गरेको जाहेरी प्रहरीमा दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

मंगलवार दिउँसो गिरी पक्राउ परेपछि उनको घर खानतलासी गर्ने क्रममा चोरी गरेका ६१ हजार ८ सय बढीका रिचार्ड कार्ड बरामद भएको प्रवक्ता रिजालले जानकारी दिए । रिचार्ज कार्डको सिरियल नम्बरको आधारमा दुरसञ्चार कार्यालयसंग समन्वय गरी गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै, घटनाबारे थप अनुसन्धान भइहरेको प्रहरी जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);